अगस्त्यः च्याप्टर १ मा नाजिरका ६ लुक्स

<span class='c1'>अगस्त्यः च्याप्टर १ मा</span> <span class='c2'>नाजिरका ६ लुक्स</span>

काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

यसअघि अभिनेता सौगात मल्लको दुई फरक गेटअप सार्वजनिक गरेको निर्माण टिमले नयाँ पोस्टरमा अभिनेता नाजिर हुसेनलाई स्थान दिएको छ । पोस्टरमा नाजिरका ६ लुक्स देखाइएको छ ।

फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीका अनुसार नाजिरले फिल्मका लागि २० केजीतौल बढाएका थिए । सार्वजनिक पोस्टरमा नाजिरको सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको छ । फिल्ममा उनलाई ‘निसान’पात्रको भूमिकामा देख्न पाइनेछ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्वगौचन र अभिषेक चौधरी हुन् ।

फिल्ममा सौगात र नाजिरसँगै मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्