विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ ।
हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुने गरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो ।
‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्तर्गत नर्मल डेलिभरी भएर जन्मिएको छोरी र छोरा दुवै आमाको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा जन्मिएको आमाको उपचार खर्च भने लाग्ने अस्पतालले जनाएको छ । ‘यदि शल्यक्रिया भएर छोरी जन्मिएको खण्डमा आमाको उपचार खर्च लाग्ने छैन,’ पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानलले भने ।
५० शैय्याको हस्पिटल रहेको पारसमा १५ शैय्याको गाइनो वार्ड रहेको छ । ८ शैय्याको एनआइसियू रहेको अस्पतालले जनाएको छ । ‘आमा र छोरी बचाउ’ कार्यक्रमबाट प्रसूती गराउन दक्ष जनशक्ति रहेको अस्पतालले जनाएको छ । प्रसूती तथा स्त्री रोग विशेषज्ञ डाक्टर कविता यादवको नेतृत्वमा उपचार गर्ने छन् ।
अस्पतालले ‘आमा र छोरी बचाउ’ कार्यक्रमबाट छोरी पाउने आमालाई अस्पतालले १ हजार रुपैयाँ प्रोत्सान भत्ता पनि दिने भएको छ । हस्पिटलले सहयौतिमा उपचार गर्ने पनि घोषणा गरेको छ । एक हजार रुपैयाँको सुविधा कार्ड बनाए एक वर्षसम्म अस्पतालको ओपीडि निःशुल्क, अन्य टेस्टहरुमा २५ प्रतिशत र मेडिसिनमा १० प्रतिशत छुट दिने बताएको छ ।
यसरी गरि आर्थिक विपन्न, दलित तथा असायहरुलाई जेनेरल बेडमा ५० प्रतिशत र अप्रेसन तथा अन्य टेस्टहरुमा २५ प्रतिशत छुट दिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारयण मेहताले बताए ।