घरायसी विवादले उग्ररुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

<span class='c1'>घरायसी विवादले उग्ररुप लिँदा श्रीमानले बञ्चरो</span> <span class='c2'>प्रहार गरी आफ्नै श्रीमतीको हत्या</span>

बनेपा। घरायसी विवादले उग्ररुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ ।

काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिनुभयो ।

दिनहुँजसो मदिरा सेवन गर्ने रामगोपालले जेठी श्रीमतीको छोरालाई पैसा दिएको तर आफ्नो छोरालाई विदेश पठाउन पैसा नदिएको भन्ने विषयमा विवाद हुँदा सो घटना भएको थियो ।

विष्णुमाया उनका कान्छी श्रीमती हु्न । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । यसैबीच जिल्लाको भुम्लुटार गाविस–६ मा ६४ वर्षीय वृद्ध तुलाराम तामाङको शव फेला परेको छ । उनको हत्या कसरी भएको भन्ने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्