बालेन तिमी अपराधी हौँ

<span class='c1'>बालेन तिमी</span> <span class='c2'>अपराधी हौँ</span>

-सुमन धमला
गुण्डाका नाईकेहरूलाई गरी खान दिएनौ रे
पहिला त तिमी कहिल्यै नि यस्तो थिएनौ रे
मै हुँ भन्ने मान्छेलाई पाखा लगायौ हो त्यसैले
बालेन तिमी अपराधी नै हौँ ।

देश बेच्नेहरूलाई भागा भाग बनायौ
पहिला देश बेचेको बन्द मुद्दालाई
तिमीले नै खुलायौ
देश बेचेर जीवन बनाउनेहरू लाई भागा भाग
बनाएपछि तिमीलाई भन्न मन लाग्यो
बालेन तिमी अपराधी हौँ।

अरु कसैलाई पनि चासो नभएको विषय तिमीले
उठाउनु पर्ने किन तिमीलाई के को टाउको दुख्यो
कसै कसैको पैसा आउने मुहान नि सुक्यो
त्यसैले बालेन तिमी अपराधी हौँ ।

कर्मचारीका छोराछोरीलाई
कार्यालयमा भर्ती गर्न पाइन्न
घुस पेस दिँदा तिमीले भन्यौ रे मलाई यो चाहिन्न
त्यसैले बालेन तिमी अपराधी हौँ ।

सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्