मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-सपना सुनुवार
मुक्तक १
एक चिम्टि सिन्दुरले मेराे थर फेरियाे
केही क्षण मै खेलेकाे आँगन घर फेरियाे
महाेदय म त छाेरी हरे धर्तिकाे उपनाम दिए
त्यासैले हजारौँ रहर दबेर रहर नै फेरियाे ।।

मुक्तक २
यसरी प्रेमकाे इतिहास छपाउन मन छ
तिम्रै भएकाे परिचर्चा कमाउन मन छ
यस्ताे भनुन सबैले तेती माया गर्नु तिमीले
राम सिताकाे जस्तै काहानी बनाउन मन छ

मुक्तक ३
प्रेमकाे भिक मागेर नै सम्बन्धकाे जतन गरेकाे हाे
तिमी बद्लिए देखि मैले आफुलाइ परिबर्तन गरेकाे हाे
रत्नकर भएर चाेर्दा सहन्थे वाल्मीकि बनेपछि लुट्यौ
त्यसैले तिम्राे लागि भएकाे प्यार इज्जत पतन गरेकाे हाे
मुक्तक ४
आफ्नाले घाउ चाेट दिएर मन दुखाएकाे बिर्सेकाे छैन
आमाले आसु पुस्दै आसु लुकाएकाे बिर्सेकाे छैन
छिमेकिले भन्दै थिए इश्वारलाई त मान्न नि छाडेछौ
बाबाले मन्दिर अगाडि सिर निहुँराएकाे बिर्सेकाे छैन

खादवारी-७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्