-कला ढकाल
मुक्तक १
पुरुष या मुलिको एकाधिकारमा जेलिएर
शारीरिक मानसिक बलत्कारमा पेलिएर
जतिसुकै शिक्षित नारी भएपनि आजबाटै,
नबसौंअब धरेलु यौनिक हिंसामा झेलिएर।
मुक्तक २
मीठा सयना देखाउदै छोडेर गयौं प्यारा
स्वार्थ रहित मधुर प्रेम तोडेर गयौं प्यारा
सपनाको प्रतिक्षामा बसेका ती प्रेमिल रातहरु
कसरी भुलौ म बाटो मोडेर गयौं प्यारा।
मुक्तक ३
तिमी गएदेखि मेरो चुलो बलेन प्यारा
खेतबारी बाँझैछ पुरै केही फलेन प्यारा
जुनदिन तिमीलाई दैवले चुडेर लग्यो नी,
त्यहीँ दिनदेखि कलाको जागर चलेन प्यारा
झापा, दमक