हिजाेकाे शिक्षा र आजकाे शिक्षामा फरक

<span class='c1'>हिजाेकाे शिक्षा र</span> <span class='c2'>आजकाे शिक्षामा फरक</span>

-रिकेश निराैला
अहिले ४० वर्ष कटेका धेरै मानिसहरुलाई सोध्नुहोस्, उनीहरूले स्कूल पढ्‌दा धेरै शिक्षकहरुको हातबाट कुटाई खाएका छन्। तर,अभिभावकहरु स्कुल पुगेर मेरा छाेराछाेरीलाई किन कुटियो भनेर गुनासाे गरेकाे कतै सुनिएन। तर अहिले शिक्षकले विद्यार्थीबाट गंभीर गल्ती हुँदा यसाे प्याट्ट पिट्दा पनि धेरै जसो अभिभावक स्कुल घेर्न पुग्छन्। लोकतन्त्रकाे अधिकारको कुरा गर्छन् । विद्यार्थीलाई कुट्ने होइन भन्ने सिकाउँछन्। आफ्ना घोराछोरीको गल्ती भने पटक्कै देख्दैनन्।

हो, कतिपय हिंसक शिक्षकबाट अमानविय तरिकाले विद्यार्थी कुटिएका पनि छन् त्याे सरासर गल्ती हो तर, सुधार‌का लागि विद्यार्थीलाई अनुशासनमा राख्ने काम गलत पनि होइन, हिजो धेरै सन्तान हुन्थे र कुटे पनि केही हुन्नथ्यो भन्ने मान्यता हाम्रो गाउँ समाजमा छ । तर, हिजो शिक्षकबाट कुटिएका विद्यार्थीमा जुन अनुशासन थियो। त्याे आज नकुटिएका, पुल्पुल्याइएका विद्यार्थीमा छैन। मलाई लाग्छ यो समयको खेल हो।शिक्षातर्फ नयाँ सोच हो। पक्कै पनि माया गरेर विद्यार्थीलाई सम्झाउदै पढाउनु राम्रो हो। तर हरेक कुरामा माया मात्र गरेर हुँदैन। शिक्षकले आवश्यकता अनुसार कठोरता पनि देखाउनुपर्छ । घरमा आमाबुबाले धेरै माया गर्दा छोराछोरी पुल्पुलिएर बिग्रन्छन्, शिक्षकले पनि स्कुलमा त्यो मायासँगै कठोरता नदेखाउने हो। भने उनीहरू‌मा डर र अनुशासन देखिन्न। यदि विद्यार्थी वर्गमा डर र अनुसासन भएन भने उनीहरु लगाम बिनाकाे घाेडा जस्तै हुन्छन। देशमा रहेको छाडातन्त्र राजनीति जस्तै विकृति शिक्षा क्षेत्रमा मौलाउनेछ र त्याे दिनानुदिन बढ्दाे क्रममा नै छ।
आज भन्दा करिब १० बर्ष पहिला हामीले स्कुल पढ्दा खेरी हाम्रा अभिभावकले शिक्षकहरुलाई भन्ने गर्नु हुन्थियो, सर यदि मेरो छोरा छोरीले स्कुलमा भनेको मान्दैन,कक्षामा ध्यान दिएर पढ्दैन्न ,गृहकार्य गर्दैन्न, स्कुल ड्रेसमा स्कुल आउदैन, अनुशासनको पालना गर्दैन , स्कुलमा कसैसङ्ग झै झगडा गर्छ भने हामीलाई भन्नु पर्दैन उसलाई पिटेर हुन्छ कि कसरी हुन्छ अनुशासनमा ल्याउने र राम्रो परिक्षामा राम्रो नतिजा ल्याएर पास गराउने जिम्मा हजुरहरुको हो।

बाबु आमाले नपिटेको छोराछोरी,शिक्षकले नपिटेको विद्यार्थी,हलिले नपिटेको गोरु र सासुले नकज्याएकाे बुहारीले कहिल्यै गरि खादैन्न र कहिल्यै सुध्रीदैन भनेर भन्ने गर्नु हुन्थियाे बुढापाकाहरुले त्यो बेला हामीलाई शिक्षकको आँखामा आँखा झुधाएर हेर्न समेत डर लाग्थ्यो,गलत काम गर्ने त धेरै परको कुरा हो सरसँग मुखामुख गर्दै बाेल्न पनि डर लाग्थियाे । हामीलाई सरले कुट्नु भयाे भने पनि हामीले कहिल्यै घरमा सरले मलाई पिट्नु भयाे भनेर सुनाउने आट पनि आउदैन थियाे। यदि कहिलेकाहीँ झुक्केर घरमा सुनाइहाल्याे भने पनि उल्टै गालि खाइन्थ्याे।अहिले पनि ति सरहरुलाई कतै भेट्टा श्रद्धाले टाउको निहुरिने गर्छ हाम्रो। तर अहिलेका अभिभावकहरु आफ्ना छाेराछाेरीहरुलाई भन्छन्न,तिमीहरुलाई शिक्षकले स्कुलमा छिसिक्क छोयो भने,ठुलाे स्वर गरेर गालि गर्याे भने पनि मलाई घर आएर भनी हाल्नु ,मेरो पहुच कहाँसम्म छ त्यसलाई के थाहाँ। त्यसलाई म मेराे पहुँच देखाई दिन्छु,त्याे स्कुलबाटै हटाइ दिन्छु, त्यसको नाममा मुद्धा समेत हाल्न सक्ने क्षमता छ मेराे। शिक्षकले अचेल्का विद्यार्थीलाई एसाे प्याट्ट पार्नु मात्र के पर्छ विद्यार्थी घर नपुग्दै स्कुलमा अभिभावकहरुकाे आन्दोलन पुग्छ । तर मेरो छोराछोरीले गृहकार्य गर्छ या गर्दैन , स्कुलको नियमको पालना गर्छ या गर्दैन , अनुशासनमा बस्छ या बस्दैन , कहिल्यै शिक्षकलाई सोध्ने हैनन ।

अनि विद्यार्थी कसरी सुध्रीन्छन ? चाैबिस घण्टाकाे समयमा एउटा विद्यार्थी करिब सात घण्टा मात्र शिक्षककाे निगरानी हुन्छन् भने बाकि रहेकाे १७ घण्टाकाे समय उ आफ्नाे अभिभावकहरुकै निगरानीमा हुन्छ। अनि फेरि त्याे विद्यार्थीले पढेन,अनुशासित भएन,कुलमा फस्याे,गुन्डागर्दी गर्दै हिढ्न थाल्याे भने सबै भन्दा अगाडि उ पढ्ने स्कुल र उसलाई पढाउने शिक्षकलाई गालि गर्न हाम्रो अहिलेका अभिभावकहरुकाे जमात निकै छ।अनि कसरी बन्छत शिक्षित र समृद्ध समाज ?आफ्नाे सन्तानलाई आफैँले अनुसाशित बनाउने हाे अरु कसैले हैन।

स्कुल भनेकाे केही समयकाे लागि पढुन्जेलसम्मकाे लागि मात्र हाे भने आफ्नाे सन्तान आफ्नाे लागि आजीवन हाे।त्यसैले आफ्ना सम्तानलाई आवश्यक अनुसार मात्र माया गर्न गराै,धेरै पुल्पुल्याएर नराखाै जस्ले गर्दा आफुलाई र आफ्नै सन्तालाई भाेलिका दिनमा अफ्ठ्याराेमा पार्न सक्छ। त्यसैले सबै अभिभावक साथै शिक्षकहरुले बेलैमा होस् पुर्याउन अत्यन्तै जरुरी छ। अहिले बेलैमा होस् नपुर्याउदा भोलिका दिनमा स्थिति झन काबु बाहिर नजाला भन्न सकिँदन।

विद्यार्थीलाई बेसमारी घाइते हुनेगरी,मरणाशनमा पुग्ने गरि कुट्नु पर्छ शिक्षकहरुले कदापि भन्न खोजेको होइन। तर थोरै भएनी शिक्षक प्रतिको डर र सम्मान विद्यार्थी वर्गमा भएन भने विद्यार्थी सुध्रीदैन र त्यस्ता अधिकांस विद्यार्थीहरुले जिवनमा केही उन्नती गर्न सक्दैन्न भन्ने जलन्त उदाहरण तपाई आफ्नै गाउँसमाजमा हेर्न सक्नु हुन्छ। हाम्रो मानसिकता पनि बच्चालाई गालि गर्याे,शिक्षकले यसाे प्याट्ट पिट्दा उसले थपेर सुनाएकाे लाग्छाै र शिक्षालय पुगेर आक्रोशीत हुन्छाै। मौलिक हक र मानव अधिकारकाे कुरा गर्छाै। के हामी अभिभावक वर्गहरुले याे ठिक गरिरहेका छाैँ त ?

शिक्षामा डर र अनुशासन हुनुपर्छ।याे भएन विद्यार्थी काम लाग्दैन,उसकाे भविष्य डामाडाेल हुन्छ।कतिपय कुरामा अभिभावकहरुले सम्झाैता पनि गर्न सक्नु पर्छ र आफ्ना छाेराछाेरीहरुलाई हप्काउन सक्नु पर्छ ।शिक्षकले विद्यार्थीलाई अनुशासमा राख्नकाे लागि डर देखाएकाे,प्याट्ट पिटेकाे र हप्काएकाे सहन पनि अभिवाभकहरुले सक्नु पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्