‘आम नागरिक’ को छायांकन बैशाखदेखि

<span class='c1'>‘आम नागरिक’ को</span> <span class='c2'>छायांकन बैशाखदेखि</span>

काठमाडौं । केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ ।

पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ । विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने फिल्मको कलाकारहरु छनोटको तयारी भइरहेको छ ।

उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी बैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वम निर्देशक कै रहेको छ। दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्