-सविना श्रेष्ठ
कसैको हेरफेर होला जिन्दगी
कसैलाई त धेर होला जिन्दगी
जिउँने तरिका मात्र फरक हजुर
हाँसो त केहिबेर होला जिन्दगी
जे परेपनी म छदैछुनी भन्दैथियो
ती बोलीमा केरमेर होला जिन्दगी
टाढा हुनुपनी एउटा सिमा हुन्छनि
आठानी चारानी डेर होला जिन्दगी
दिनै भट्टी नधाई चित्त नबुझ्नेलाई त
गिलास हैन आधासेर होला जिन्दगी ।।