सुभावना समेटियोस्

<span class='c1'>सुभावना</span> <span class='c2'>समेटियोस्</span>

-अच्युत पौडेल
करारमा फरारमा हतारमा भिडे सबै
कुधारमा र मारमा सवारमा हिँडे सबै
कुकर्मको अधर्मको दरारमा फसे सबै
सुकर्म खै सुमार्ग खै बजारमा बसे सबै

म शेष भेष द्वेषमा रहन्छ क्लेस बेस्सरी
अकल्पनीय द्वन्द्व त्यो विषेश हुन्छ बेस्सरी
सचेत चेत चेतना अचेत बन्छ बेस्सरी
अनेक मोड मोडमा बिछोड हुन्छ बेस्सरी

सुस्वास्थ्य अस्त व्यस्त भो दुरुस्त छैन सुस्त छ
समस्त सत्य बुझ्दछन् खुरुक्क बस्न चुस्त छ
अखण्ड खण्ड खण्ड भो सरक्क भाग्छ ध्वस्त छ
कुकृत्य नृत्य तृप्तता तनक्क टाँग्न मस्त छ

प्रशासकीय कामको धरा र व्योम मन्द छन्
सुशासकीय धैर्यता निशासिएर बस्दछन्
कुशासकीय एकता बनेर एक चल्दछन्
र शासकीय मर्म जो चिता बनेर जल्दछन्

नछेकियोस् नरोकियोस् नमेटियोस् नदेखियोस्
म मृत्युवाण हान्दछु कुकृत्य भेद भेदियोस्
सुस्वप्नको स्वदेश होस् विदेशमा नबेचियोस्
मनुष्य मस्त मस्त हुन् सुभावना समेटियोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्