लैङ्गिक तथा यौनिक अल्पसंख्यकले विराटनगरमा खाजाघर सञ्चालनमा ल्यायो

<span class='c1'>लैङ्गिक तथा यौनिक अल्पसंख्यकले</span> <span class='c2'>विराटनगरमा खाजाघर सञ्चालनमा ल्यायो</span>

विराटनगर। लैङ्गिक तथा यौनिक अल्पसंख्यकले विराटनगरमा मिलिजुली एण्ड सप्तरङ्गी खाजा घर सञ्चालनमा ल्याएको छ ।

विराटनगर १२ स्थित रोडशेष चोकमा शुक्रबारबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यकले खाजाघर सञ्चालनमा ल्याएको हो ।

खाजाघरको उद्धघाटन नेकपा माओवादी केन्द्रका सांसद सपना परियारले गरेकी हुन् । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ खाजाघर सञ्चालनमा ल्याइएको परिवर्तनशीले समाज मोरङका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले बताइन्। उनका अनुसार खाजाघरमा म.म, रोष्ट लगायतका परिकार उपलब्ध रहन्छ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालनमा आएको उक्ता खाजाघरले यस समुदायको आर्थिक ,सामाजिक सशक्तिकरणमा टेवा पुग्नेमा विश्वस्त रहेको लिड नेपालकी प्रमुख चञ्चला लिम्बू बताउछिन् ।

‘यो होटलको सद्धघाटन समावेशीताको प्रतीकको रूपमा खडा पनि भएको छ।’उनले भनिन्,‘ यसले सबैलाई एकताका साथ अगाडी बढ्न प्रेरित पनि गर्नेमा म विश्वास राख्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्