विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्ष देशबन्दु ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लापसे किट हस्तान्तरण गरेका छन् ।
लागुऔषध नियन्त्रणका निमित्त अध्यक्ष ढकालले लापसे अर्थात् लागुपदार्थ सेवन जाँच गर्ने किट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुमन न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
ढकालले ट्राफिक प्रहरीलाई २५ थान व्यक्तिगत रुपमा प्रदान गरेका हुन् । लापसे किट खरिद गर्न काठमाडौंमा मात्रै पाइन्छ ।