हिसान स्पोर्टस् : शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको विजयी

<span class='c1'>हिसान स्पोर्टस् : शिक्षादिप,</span> <span class='c2'>विकेभिएम, कान्तिपुर, अरनिको विजयी</span>

विराटनगर । हिसान स्पोर्टस् मिटअन्तर्गत आज भएका विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् ।

आज भएको बास्केटबलको फाइनलमा शिक्षादिप र विकेभिएम, क्रिकेटको फाइनलमा कान्तिपुर र अरनिको, भलिबल छात्रतर्फ कान्तिपुर र मोडर्न एरा विजयी भए ।

बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले अर्किड कलेजलाई ३० रनले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेका थियो । जस्मा निशान्त यादवले ४३ रन बनाउँदा कृतिक कामतले ४१ रन बनाए । अर्किडका सवाजुल आलम र यूवराज मगरले समान १–१ विकेट लिए ।

१ सय २३ रनको चुनौती पाएको अर्किडले १८ दशमलव ३ बलमा सवै विकेट ९२ रनमा सिमित भयो । जस्मा साहिल शेखेले २६ रन जोड्दा सम्साद आलम अविजित २१ रन जोडे । कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामतले ३ विकेट लिँदा मनिष मण्डल, महमद समेहेल र राज वर्माले समान २–२ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले भानु कलेजलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६४ रनको योगफल बनाएको थियो । जस्मा नुर अहमदले ६२ रन बनाउँदा सागर मोचीले ५७ रनको इनिङ खेले । भानुका सुवास राँय, राहित कामत र रोहन शर्माले १–१ विकेट लिए ।

१ सय ६५ रनको चुनौती पाएको भानुले १३ ओभरमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । जस्मा महमद जावेदले १४ रन जोडे । अरनिकोका अमर यादवले सर्वाधिक ६ विकेट लिए ।

यस्तै, शहिद मैदानमा भएको फुटबल खेलमा अर्किड र कान्तिपुर कलेज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरे ।

पहिलो खेलमा अर्किड कलेजले मोडर्न एरा स्कुललाई १–० को गोल अन्तरले पराजित गर्यो । खेलको एक मात्र गोल अर्किडका सागर विश्वकर्माले गर । खेलमा म्यान अफ द म्याच मोडर्न एराका नवीन माझी घोषित भए ।

दोस्रोे खेलमा नेशनल एकेडमीलाई ५–० को गोल अन्तरले पराजित गर्दै कान्तिपुर कलेजले सेमिफाइनलमा प्रवेश गरेको हो । कान्तिपुरका म्यान अफ द म्याच विजय उराँवले २ गोल तथा युनिस मगर, आदित्य राना मगर र आयुस राईले १–१ गोल गरे ।

आजै भएको छात्र भलिबलमा मोडर्न एरा र कान्तिपुर विजयी भई फाइनल प्रवेश गरेका छन् ।

पहिलो खेलमा मोडर्न एराले रेड स्टारलाई २५–२१ र २५–१६ र २५–१७ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच मोडर्न एराका पेशल राई घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१२ को सोझो सेटले पराजित गर्यो छ । खेलको म्यान अफ द म्याच कान्तिपुरका सुदिप राई घोषित भए ।

छात्रा भलिबलमा कान्तिपुर कलेज र अर्किड कलेज विजयी भई फाइनलमा प्रवेश गरे ।

पहिलो खेलमा कान्तिपुरले ग्यालेक्सी कलेजलाई २६–२४ र २५–२५ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच कान्तिपुरकी तुलसा राई घोषित भइन् ।

दोस्रो खेलमा अर्किड कलेजले रेड स्टारलाई २५–२०, १५–२५ र २५–२३ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच अर्किडकी रोसिका बराइली घोषित भइन् ।

आजै भएको कबड्डीमा मोडर्न एरा, सिद्धार्थ, र शिक्षादिप विजयी हुँदै सेमिफानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा मोडर्न एराले कान्तिपुरलाई ३९–३५ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका आशीष यादव घोषित भए ।

दोस्रो खेलमा सिद्धार्थ स्कुलले विद्याभूमि स्कुललाई ४४–२७ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिद्धार्थको निराजन मण्डल घोषित भए ।

तेस्रो खेलमा शिक्षादिप कलेजले कुद्ध कलेजलाई ६५–४१ को स्कोरले पराजित गर्यो छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका सुवासचन्द्र यादव घोषित भए ।

यसैगरी, बास्केटबलमा शिक्षादिप कलेज र विकेभिएम विजयी हुँदै फाइलनमा प्रवेश गरे ।

पहिलो खेलमा शिक्षादिपले अरनिको कलेजलाई २४–१८ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका कविस केसी घोषित भए ।

दोस्रो खेलमा विकेभिएमले सगरमाथा कलेजलाई ५४–३३ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विकेभिएमका जुडानन्द यादव घोषित भए ।

स्पोर्टस मिटअन्तर्गत आज टेबलटेनिसको पहिलो चरणको खेलहरु सकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्