विराटनगर महानगरद्वारा कुष्ठरोगका बिरामीलाई फाइबर सिरक

<span class='c1'>विराटनगर महानगरद्वारा कुष्ठरोगका</span> <span class='c2'>बिरामीलाई फाइबर सिरक</span>

विराटनगर । ७१औं विश्व कुष्ठरोग दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरेको छ ।

महानगर मातहतको स्वास्थ्य संस्थाबाट नियमित रुपमा कुष्ठरोगका औषधि खाने बिरामीलाई प्रत्यक्ष लाभ हुनेगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

यो रोगबाट अपाङ्गताको अवस्थामा पुगेका बिरामीहरुलाई न्यानो कपडा वितरण गर्दा चिसो मौसममा जीवनयापन गर्न सजिलो हुने भएकाले महानगरले सिरक वितरण गरेको छ ।

कुष्ठरोगका बिरामीहरु आगो ताप्दा हातखुट्टा पोल्दासमेत थाहा नहुने भएकाले जाडोबाट बच्नका लागि सिरक उत्तम उपाय भएकाले निःशुल्क रुपमा वितरण गरिएको स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक भूपेन्द्रकुमार साहले जानकारी दिए ।

कुष्ठरोगीलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम गरेर महानगरले दिवस मनाएको उनको भनाइ छ । मेयर नागेश कोइरालाको निर्देशनमा आइतबार विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए ।

हाल महानगर मातहतका स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका ७ जना कुष्ठरोगी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्