मेयर कोइरालाद्वारा कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन

<span class='c1'>मेयर कोइरालाद्वारा कोशी अस्पतालभित्र</span> <span class='c2'>सञ्चालित औषधि पसलको अनुगमन</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गर्नुभएको छ ।

अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीलाई समेत साथैमा लिएर मेयर कोइरालाका अनुगमनमा पुग्नुभएको थियो ।

मेयर कोइरालाले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएअनुसारका औषधि पसलमा भए नभएको हेर्नुभएको थियो । जनताको सुविधाका लागि नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै मेयर कोइरालाले जनतालाई दुःख दिने काम नगर्न निर्देशन दिनुभयो ।

अस्पतालका डाक्टरले स्वास्थ्य बिमामा पाउने औषधिसमेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासो समेत आएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्