विराटनगर । विराटनगरमा जीसीजी इन्टरनेशनल चस्मा पसल संचालनमा आएको छ।
विराटनगरको रंगेली रोडस्थित चस्मा पसल औपचारिक रुपमा बुधबारदेखि संचालनमा आएको हो ।
जीसीजी इन्टरनेशनलमा विभिन्न उमेर समुहको लागि विभिन्न अन्तराष्ट्रिय कम्पनीका चस्माहरु , अप्टिकल ग्लासहरु थोक तथा खुद्रा मुल्यमा उपलब्ध रहेको विराटनगर शाखाका संचालक जितेन्द्र शर्माले जानकारी दिए।
नेपालभर १० वटा शाखा संचालन गर्दै आएको जीसीजी इन्टरनेशनल चस्मा पसलको विराटनगरमा भने पहिलो शाखा हो। आफ्नो शाखा संचालनमा आएको उपलक्ष्यमा एक महिने अफर संचालनमा ल्याएको छ। कुनै पनि चस्माको खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको विराटनगर शाखाका म्यानेजर सौरभ दुबेले बताए।
चस्मा पसलमा ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको चस्मा उपलब्ध रहेको म्यानेजर दुबेले जानकारी दिए।
अब केही महिनाभित्रै दुहबी,इटहरी र धरानमा समेत शाखा हुने जीसीजी इन्टरनेशनलले जनाएको छ।