मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-रमिता खड्का
मुक्तक १
बरु शरणार्थी बन्न परोस अर्को महिनामा
खाडीमै जिन्दगी बितोस अर्को महिनामा
"हे भगवान"म तिमीलाई एउटै कुरा माग्छु
मलाई देस छोड्न मिलोस अर्को महिनामा

मुक्तक २
दिएर पिडा अत्याचार गोली बर्साउछ
कस्लाइ माग्नु र गुहार गोली बर्साउछ
आमा म बिदेश जाने कुरा कतै नभन्नु
सुन्यो भने मेरो सरकार गोली बर्साउछ

मुक्तक ३
उमेर बढ्छ दिनदिनै जवान भैयो अब
बालापन सकिए संगै जवान भैयो अब
बाआमा बुढा हुनुहुन्छ, दाइभाइ छुटिए
छन् जिम्मेवारी बढ्दै जवान भैयो अब

मुक्तक ४
आशा देखाइ नजिक बन्ने सुरुसुरुमा हो
चन्द्रमा हेर्ने ताराहरू गन्ने सुरुसुरुमा हो
बिस्तारै बोल्दै जादा दिक्क लाग्न थाल्छ
तिमी छौँ र पो म छु भन्ने सुरुसुरुमा हो

मुक्तक ५
देखाइ राख्छन अनेक चाल छुट्ने मान्छेले
बनाइ हिड्यो मनको बेहाल छुट्ने मान्छेले
आँखा समुन्द्र भए परेला बगर बनेका छन
उपहार पठाएको छ रुमाल छुट्ने मान्छ्ले

रुकुम पश्चिम्
हाल काठमाडौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्