गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-भूपाल अधिकारी
यही चाहे सधैं हाँसी खुशीको घर बनोस् तिम्रो
म पागल नैं भए के भो सुखी जीवन रहोस् तिम्रो

नमानी दिल दुखाई प्यारले हरदम तिमी बस्छौं
हमेशा रोग मुटु दुख्ने मलाई लौँ सरोस् तिम्रो

नभन्नू गर्न सक्दैनौं तिमी बलिदान पनि केही
उठेको पल चिता मेरो यता सिउँदो सजोस् तिम्रो

सलह ठानी जलाएछौं त्यसै सच्चा दिवाना पो
रहर अङ्गार झैँ बन्दा अरुका मन रमोस् तिम्रो

बुझे मरिदैन होला एउटा अनिकाल पर्देमा
म साँच्चै अब बसौं भोकै सदा चुल्हो बलोस् तिम्रो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्