कुर्सी, पैसा र रात

<span class='c1'>कुर्सी, पैसा</span> <span class='c2'>र रात</span>

-भरत गुरागाईँ बर्बरिक
काँडेदार झोस
झोस मास्तिर जाल
जाल मुन्तिर पेशेवर शिकारी ।

चाराको लागि
उदात्त उडान भरिरहेका पंक्षीहरु
एकएक गरी
झर्दै र मर्दैछन् झोसमा ।

कुर्सी !
कुर्सी माथि केही पैसा
भ्रष्टाचार गरिएको पैसा,
छोपेको छ कालो कपडाले
भ्रम छर्ने पेशेवरहरु
सुन्दर सपना बाँड्छन् ।

साना नानीहरु समेत
चुइगम थुक्दैछन् कुर्सीमा ।

आदर्शको बकवास
नीतिको उपदेश
छातीको प्रदर्शन
अधिकारवादको नारा
सम्पूर्ण रातले निलिहाल्छ ।

भयङ्कर आवाज
बिष्फोटनको आवाज हो यो
सुरुङभित्र बारुद पड्किएको आवाज हो यो ।
आवाजको लहर
क्रमश: फैलिंँदैछ बस्तीमा ।
रात विरुद्ध मान्छे उठ्नेछन् ।

उज्यालो हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्