-आँचल कुमार शर्मा
वफादारी गऱ्यो धेरै मजदुरीले
दया प्रस्तुत गरेकाछन् साहुजीले
सहिद नै बन्न आन्दोलन गर्छ कोही
ऊ नेता भई हिँडेको छ चाकडीले
तिमीले के गऱ्यौ गल्ती माथि गल्ती?
चिमोटेको छ निद्रामा छटपटीले
खुशी चाहिँ नजिक नै बस्दैन मेरो
यता किचकिच गऱ्यो जहिले बेखुशीले
अँगालोमा कसैलाई बेर्न खोज्यो
बडो! गज्जब रहर पाल्यो पाखुरीले