१० हजार घुस सहित गाविस सचिव पक्राउ

<span class='c1'>१० हजार घुस सहित</span> <span class='c2'>गाविस सचिव पक्राउ</span>

महोतरीको जलेश्वरबाट १० हजार घुस सहित गाविस सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोतरीको टोलीले जलेश्वर महेन्द्र चोकबाट बथनाहा गाविसका सचिव गुलाब चौधरीलाई १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।गाविसबाट अवलोकन भ्रमणका लागि स्थानीयसँग घुस माग्दा सचिव चौधरी पक्राउ परेका हुन् । गाविसबाट भ्रमणका लागि एक लाख पेश्की दिएको थियो । उक्त पेश्की फर्छयौटका लागि सचिव चौधरीले १० हजार घुस लिँदै गर्दा महेन्द्रचोकको किराना पसलबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोतरीका कार्यवाहक प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो । सचिव चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाएको पनि आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्