उ अहिले खरदार छ म मुख्यमन्त्री छु : मुख्यमन्त्री कार्की

<span class='c1'>उ अहिले खरदार छ म</span> <span class='c2'>मुख्यमन्त्री छु : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहको कार्यक्रममा दिएको अभिव्यक्तिको भिडियो भाइरल भएको छ ।

मुख्यमन्त्री कार्कीले विद्यालायको कार्यक्रममा बोल्दै फस्ट बेन्चमा बस्ने विद्यार्थी खरदार भएको र आफू लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएको बताएका छन् ।

मुख्यमन्त्री कार्कीको अभिव्यक्ति म पनि क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हो । फस्टमा बस्नेले केबल लेख्ने पढ्नेमा मात्रै जान्यो । कसरी लोकसेवा पास गर्ने र भूँडी भर्ने मात्रै जान्यो उ अहिले खरदार छ म मुख्यमन्त्री छु । कक्षा कोठामा दिइने ज्ञान विभिन्न किसिमको हुन्छ । प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन हुँदैन । सर्टिफिकेटलाई मात्रै ध्यान दिएर यति नम्बर, यति अंक ल्याएर पास गर्‍यो भन्ने कुराले मात्रै ज्ञान आर्जन गर्न सक्दैन । र्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो ।

अर्थशास्त्र पढ्ने विद्यार्थीले चाणक्यको अर्थशास्त्र नपढी डिग्री हासिल गर्न सक्दैन । चाणक्यले कुन विश्व विद्यालयमा पीएचडी गरेका थिए ? मलाई देखाइदिनुस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्