रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा नि:शुल्क आँखा परीक्षण शिविर

<span class='c1'>रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा</span> <span class='c2'>नि:शुल्क आँखा परीक्षण शिविर</span>

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले विराटनगर-१२ मा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन र विराटनगर वडा नम्बर १२ को कार्यालयको सहकार्यमा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको हो।

उक्त शिविरमा १५० जनाको स्क्रिनिङ गरी ३१ जनालाई मोतियाबिन्दुको निदान गरी शल्यक्रियाका लागि सिफारिस गरिएको थियो । कमजोर आँखा भएकाहरूलाई नि:शुल्क लेन्स परीक्षणका लागि अस्पतालमा पठाइनुका साथै औषधि समेत निःशुल्क उपलब्ध गराइएको क्लबका अध्यक्ष विकास राठीले जानकारी दिए ।

गरिब तथा विपन्न वर्गसम्म पुग्ने र उनीहरूलाई नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गराउने उदेश्यले नि:शुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको रोटरी क्लब अफ विराटनगर फ्युजनले जनाएको छ।

उक्त शिविरमा वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामत, रोटरी सहायक गभर्नर रामअवतार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्