झापा र मोरङबाट लागुऔषधसहित ३ जना पक्राउ

<span class='c1'>झापा र मोरङबाट लागुऔषधसहित</span> <span class='c2'>३ जना पक्राउ</span>

विराटनगर । झापा र मोरङ जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर- ८ बाट स्थानीय २३ वर्षीया गीता बिष्ट र मेचिनगर- १० का ३१ बर्षीय मेग्देन गुरुङलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका- ७ का २१ वर्षीय योगेश राईलाई केराबारी- ७ खदम खोला किनारबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिङं गरी जम्मा ३६० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्