रंगेलीबाट चाँदीको सर-सामानसहित एक जना पक्राउ

<span class='c1'>रंगेलीबाट चाँदीको सर-सामानसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-सामानसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा चाँदीका सामानहरुको ओसारपोसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगाछी पञ्चायत-१३ का २२ बर्षीय मोहमत अलताफलाई चाँदीका सामानसहित पक्राउ गरेको हो।

अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ के.जी.५४८ ग्राम चाँदी बरामद गरेको छ । अबैध रुपमा लुकाई छिपाई बोकेको चाँदीका सामानसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्