‘घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री प्रवर्धन गरिने’

<span class='c1'>‘घरेलु मदिरा ब्रान्डिङ गरी</span> <span class='c2'>बिक्री प्रवर्धन गरिने’</span>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्धन गरिने बताएका छन् ।

उद्योग मन्त्रालयमा बिहीबार आयोजित घरेलु मदिरा प्रवर्धन विषयक छलफलमा मन्त्री रिजालले ठुला उद्योगी हाबी नहुनेगरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्धनको व्यवस्था मिलाइने बताए ।

बिक्री प्रवर्धन गर्न घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारणका प्रक्रिया अघि बढाइने उनको भनाइ थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको भन्दैउनले मन्त्रालयले गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको बताए ।

छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्‍याउनु पर्ने बताए ।

त्यसैगरी कानुनमन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्धनका लागि स्पष्ट कानुनप्रति संबेदनशील हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्