प्याब्सन प्रेसिडेन्ट कप : मोरङका ८ स्कुल क्वाटरफाइनलमा

<span class='c1'>प्याब्सन प्रेसिडेन्ट कप :</span> <span class='c2'>मोरङका ८ स्कुल क्वाटरफाइनलमा</span>

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू- १५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।

विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको सेन्टजोसेफ, बेलबारीको शिक्षासदन, विराटनगरको ग्यालेक्सी, अन्नपूर्ण, हरैचा मोडल, बेलबारीको भुपु सैनिक, सुनगाभा र पथरीको सिंहदेवी स्कुल क्वाटरफाइनलमा पुगेको हो ।

विराटनगर जुट मिलको खेल मैदानमा भएको पहिला खेलमा ग्रामथान गाउँपालिकामा रहेको जनक मेमोरियल स्कुललाई सडन डेथमा १३-१२ गोलले हराउँदै विराटनगरको सेन्टजोसेफ स्कुल अन्तिम आठमा पुगेको छ ।

यसैगरी रतुवामाइको मुनाल आदर्श स्कुललाई ३-० गोलले निराश बनाउँदै बेलबारीको शिक्षा सन्देश स्कुल विजय भएको छ । शिक्षा सन्देश स्कुलका आशिष मगरले ह्याट्रिक गर्दै टिमलाई क्वाटरफाइलनमा पुर्याए । खेलको म्यान अफ द म्याच पनि आशिष भए ।

तेस्रो खेलमा विराटनगरको ग्यालेक्सी स्कुलले पथरीको एभरेष्ट स्कुललाई १-० गोलले हराउँदै ग्यालेक्सी अन्तिम आठमा पुगेको छ । जितको लागि निर्णायक गोल ग्यालेक्सीका प्रदिप तामाङ्गले गरे । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

चौथो खेलमा उर्लाबारीको विद्या ज्योती स्कुलले पथरीको अन्नपूणर् स्कुललाई २-० गोलले पराजित गर्यो । जितको लागि अन्नपूणर्का युगल राई र सुजल गुरुङले समान १-१ गोल गरे । खेलको म्यान अफ द म्याच अन्नपूणर्का युगल घोषित भए ।

यसैगरी डिग्री क्याम्पसको खेलमैदानमा भएको पहिलो खेलमा हरैचा मोडल स्कुलले विराटनगरको सगरमाथा स्कुलललाई १-० गोलले हरायो । जितको लागि निर्णायक गोल हरैचा मोडलका एलन श्रेष्ठले गरे । उनी म्यान अफ द म्याच पनि घोषित भए । दोस्रो खेलमा बेलबारीको भुपु सैनिक स्कुलले सुन्दरहरैचाको सिद्धार्थ स्कुललाई टाइब्रेरकमा ३-२ गोलले जित्यो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।
तेस्रो खेलमा उर्लाबारीको सुनगाभा बोर्डिङ स्कुलले पशुपति आवसीय विद्यालयलाई टाइब्रेरकमा ४-३ गोलले निरास बनायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेल टाइब्रेकर भएको थियो ।

चौथो खेलमा पथरीको सिंहदेवी स्कुलले बेलबारीको बालमिकी स्कुललाई १-० गोलले हराउँदै सिंहदेवीले जितेको छ । निणर्ायक गोल सिंहदेवीका गणेश बहादुर राईले गरे । बालमिकी स्कुलका उमेश राना मगर म्यान अफ द म्याच घोषित भए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरु हुँदैछ । स्पोर्ट्स मिटको औपचारिक उद्घाटन शुक्रबार विराटनगरस्थित सहिद मैदानमा हुँदैछ । उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले गर्दैछन् । स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए ।

तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, टी-टी सिङगल इभेन्ट र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्