-अरूण खड्का
वचन पूरै निभाउने बानी मेरो छ
घर गाउँमा यस्तै कहानी मेरो छ
नसकि देख्न दुःख कष्ट अरूको
दुई आँखामा सधैं पानी मेरो छ
पलपलमा रङ्ग बदल्न नजान्दा
रातोदिन भएको हानी मेरो छ
नसक्दा हिड्न पच्छ्याई समय
यता न उता जिन्दगानी मेरो छ
बेहिसाब गरेर लगानी अरूमा
थेगी नसक्नु नोक्सानी मेरो छ