एएफसी एसियन कप फुटबलको उपाधि कतारलाई

<span class='c1'>एएफसी एसियन कप</span> <span class='c2'>फुटबलको उपाधि कतारलाई</span>

काठमाडौं । एएफसी एसियन कप फुटबलको उपाधि कतारले जितेको छ ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको कतारले शनिबार राति जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो ।
कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए । तर उनले सबै गोल पेनाल्टीमार्फत गरेका हुन् । अफिफ एएफसी एशिया कपमा सर्वाधिक गोलकर्ता पनि बने । उनले प्रतियोगिताभर ८ गोल गरेका थिए ।

२२ औं मिनेटमा कतारले अफिफको पेनाल्टीमार्फत अग्रता लिएको थियो । उनीमाथि जोर्डनका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । १ गोलले पछि परेको जोर्डनले कमब्याक गर्दै ६७ औं मिनेटमा बराबरी गरेको थियो । जोर्डनका यजान अल नैमातले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो । ७२ औं मिनेटमा पनि पाएको पेनाल्टीमा अक्रमले नै गोल गरेका थिए । अतिरिक्त समयको पाँचौं मिनेटमा फेरि कतारले पेनाल्टी पाउँदा अक्रमकले ह्याट्रिक नै पूरा गरे ।

कतारले यसअघि २०१९ को संस्करणमा पनि उपाधि जितेको थियो । त्यतिबेला कतारले जापानलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्