मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ५ जना पक्राउ

<span class='c1'>मोरङ र सुनसरीबाट प्रतिबन्धित</span> <span class='c2'>लागुऔषधसहित ५ जना पक्राउ</span>

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका ५ बजे विराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ वर्षीया हेमा तामाङ र ४० वर्षीया मुना लामालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ११ ग्राम ब्राउनसुगर फेला पक्राउ गरेको हो। भने विराटनगर- १६ हुलास चोकबाट एभिल, फेनारागन, डाइजोपाम र लुपिजेशिक गरी जम्मा ७६ एम्पुल प्रतिबन्धित औषधी सहित सुन्दरहरैचा- ६ का ३५ वर्षीय संजिब चौधरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ९ स्थितबाट अवैध लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते राती १ बजे राजाबासस्थित घाट नजिक कोशीको किनारमा देश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरी टोलीले १३ बोरामा ४ सय ६ किलो ९४० ग्राम अबैध लागुऔषध गाँजा फेला पारी बरामद गरेसगै बोलेरो चालक धरान उप-महानगरपालिका- ४ का २५ वर्षीय सुर्य राई र हतुवागढी गाउँपालिका- ८ भोजपुरका २७ बर्षीय लक्ष्मण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्