राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण : मेयर कोइराला

<span class='c1'>राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको</span> <span class='c2'>भूमिका महत्वपूर्ण : मेयर कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताए ।

उनले सशस्त्र प्रहरीले सीमा सुरक्षा, लागूऔषध ओसारपसारमा नियन्त्रण, दैवी तथा प्राकृतिक प्रकोपका समयमा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताए ।

‘राजस्व चुहावट कम गर्न, लागूऔषध ओसारपसार नियन्त्रण, प्राकृतिक प्रकोपका समयमा उद्धारलगायत काममा सशस्त्र प्रहरीको अग्रणी भूमिका रहेको छ,’ मेयर कोइरालाले भने, ‘आगामी दिनमा स्थानीय तहसित सशस्त्र प्रहरीको समन्वय र सहकार्य अझै प्रभावकारी हुने विश्वास लिएको छु ।’

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासित नजिक भएर काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले प्राकृतिक प्रकोपका समयमा सशस्त्र प्रहरीले उद्धार र राहत वितरणमा अग्रणी भूमिका निर्वाह गर्ने गरेको चर्चा गरे ।

कार्यक्रममा गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी तीर्थराज थापाले स्थानीय पालिकाहरुको सहयोगमा छोटो समयमै बैठक कक्षको निर्माण सम्पन्न गर्न सफल भएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बानिी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसित बैठक गर्न सहज भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्