युवा पुस्ता विदेशिनुको वाध्यतालाई समेटेर विराटनगरमा “बाहुनी कान्छी“ टेली सिरियल बन्दै

<span class='c1'>युवा पुस्ता विदेशिनुको वाध्यतालाई समेटेर विराटनगरमा</span> <span class='c2'> “बाहुनी कान्छी“ टेली सिरियल बन्दै</span>

विराटनगर । देशमा भएका बेथिति विसंगति र बेरोजगारीका कारण युवाहरु बिदेशिनुको बाध्यतालाई समेटेर विराटनगरबाट टेलि सिरियल “बाहुनी कान्छी“ बन्ने भएको छ ।


गएको सोमबार विराटनगरको ताण्डव रेस्टुरेन्ट एण्ड बारमा एक कार्यक्रमको आयोजना गर्दै “बाहुनी कान्छी“ टिमले सो टेलि सिरियलको नाम घोषणा गरेको हो ।
कार्यक्रममा सोहि सिरियलका कलाकार ,दृष्य सम्पादक , तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठको जन्मदिनको अवसर पारेर “बाहुनी कान्छी“ सिरियलको नाम सार्वजनिक गरेका हुन् । केहि महिनादेखि नै सिरियल सुटिंग फ्लोरमा रहेको छ । सिरियल सुटिंगको काम धमाधम भै रहेको र चाडै ट्रेलर सार्वजनिक गर्ने सिरियलका लेखक तथा निर्देशक विकल श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको गर्भिलो इतिहास बोकेका नायक बिश्व बस्नेतको पनि उपस्थित रहेको थियो । । बस्नेतले चाडै नै सार्वजनिक हुन लागेको सिरियलका सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना दिएका थिए । “बाहुनी कान्छी“ मा विराटनगकी दिपा पोखरेल , राधा आचार्य , कल्पना पाण्डे , अनिशा न्यौपाने, पंकज बर्मा , दिव्या रेग्मी ,भरत पौदार, सोनु मिश्र, प्रतिक श्रेष्ठ , विकल श्रेष्ठ , बाल कलाकार साइना छहार, आश्रेया श्रेठको अभिनय रहेको छ ।

 

सामाजिक परिवेशमा बन्न लागेको “बाहुनी कान्छी“ सिरियलमा देशमा भएका बेथिति विसंगति , बेरोजगारीका कारण युवाहरु बिदेशिनुको बाध्यता , गरिबीमा बाच्नु पर्दाको पिडा , उपल्लो बर्गहरुले गरिबलाई गर्ने थिचो मिचो, छुवाछुत जस्ता बिषयहरु सिरियलमा समेटिएको लेखक तथा निर्देशक विकल श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्