मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-प्रमुना पाैडेल
मुक्तक १
तिमी देखेँ अरुसंग डाहा थिएन
जति भेटेँ दोबाटोमा चाहा थिएन
खै कस्तो माया गरेथ्याै र मलाई ,
यत्ति छिट्टै बदलिन्छाै थाहा थिएन।।

मुक्तक २
यति छिट्टै विश्वासघात गर्छाै जान्या भए
छानीछानी रस चुसि मन भर्छाै जान्या भए
तिमीसंग सायद नजिक हुन्न थिएँ होला,
बिचमै छोडि जङ्गार एक्लै तर्छाै जान्या भए।।

मुक्तक ३
देश भित्रका प्रतिदिन दाना बेचिए
मेहनत हाम्रो थियोे तर पाना बेचिए
अब हुँदाहुँदै अरु के नै बाँकी होला र?
कयौंपटक यहाँका कलकारखाना बेचिए।।।

मुक्तक ४
गरीब निमुखाको जिन्दगीमा राहत खनाउन कसले सक्ला
यही मातृभूमि मेरो हो भन्दै यहाँ जनाउन कसले सक्ला
देशका जनता आजित भइसके देशको हालत देखेर,
जनताले चाहेजस्तो सुन्दर सम्वृद्व देश बनाउन कसले सक्ला।।

रामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्