गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
पैसा हुँदा मात्र आफ्नो हुनेको घुइँचो देख्छु
पछि पछि लागेर खुट्टै धुनेको घुइँचो देख्छु।

तिमी ठूलो मान्छे बन्नु भन्दै मुखले ठिक्क पारी
भित्र हाँसो लुकाइ बाहिर रुनेको घुइँचो देख्छु।

घरको मुलथाम बाट दुस्मनको गोलि निस्कन्छ
कठैबरी लौ भन्दै सामु आउनेको घुइँचो देख्छु ।

जिउदो हुदा कहिले नबोल्ने आफ्नाहरु हेर्नुस्
अञ्जुलीमा पानी लि लास छुनेको घुइँचो देख्छु।

विराटनगर १२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्