उत्कृष्ट राससकर्मी पुरस्कार मनोज दाहाललाई

<span class='c1'>उत्कृष्ट राससकर्मी पुरस्कार</span> <span class='c2'>मनोज दाहाललाई</span>

विराटनगर । राष्ट्रिय समाचार समितिले पत्रकार मनोज दाहाललाई उत्कृष्ट राससकर्मी पुरस्कार प्रदान गरेको छ ।

सरकारी समाचार संस्था राससको ६३ औँ स्थापना दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा दाहाललाई पुरस्कृत गरिएको हो । दाहाल विराटनगरलाई कार्यक्रम क्षेत्र बनाएर राससका लागि काम गरिरहेका छन् ।

नगद २० हजार रुपैयाँसहित सम्मान पत्रले उनलाई सम्मान गरिएको हो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङले सम्मान प्रदान गरेकी हुन् ।

रासस कोशी प्रदेश प्रमुख मो.सदरुलले रासस केन्द्रीय कार्यालयले देशभरका राससकर्मी मध्ये तीन जनामा कोशी प्रदेशबाट दाहाललाई पुरस्कृत गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्