यु–१८ मेयर कप बास्केटबल प्रतियोगितामा सहभागी जनाउने विराटनगरका खेलाडीको विदाई

<span class='c1'>यु–१८ मेयर कप बास्केटबल प्रतियोगितामा</span> <span class='c2'>सहभागी जनाउने विराटनगरका खेलाडीको विदाई</span>

विराटनगर । कीर्तिपुर नगरपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रव्यापी अन्तर स्थानीय तह यु–१८ मेयर कप बास्केटबल प्रतियोगितामा सहभागी जनाउन लागेका खेलाडीहरुको विदाई गरिएको छ ।

विराटनगर महानगरपालिका र कोशी प्रदेश बास्केटबल संघले एक कार्यक्रमको आयोजना गरी २ जना प्रशिक्षकसहित १२ जना खेलाडीलाई विदाई गरेको हो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाको मेयर नागेश कोइराला, कोशी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष गुरुङ, सचिव सरोज लम्सालले बिदाई तथा शुभकामना व्यक्त गरे।

महानगरपालिका,नगरपालिका र गाउँपालिकाका १६ वटाको सहभागीता रहेको आयोजकले जनाएको छ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोग तथा कीर्तिपुर नगर खेलकुद र कीर्तिपुर बास्केटबल संघको सहकार्यमा हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा हुनेछ । गत वर्षको उपाधि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्