विराटनगर । विराटनगर महानगरपालिका २ स्थित बन्जारा चोकमा नव निर्मित श्री श्याम बाबाको एक भव्य समारोहबिच प्राण प्रतिष्ठा गरिएको छ ।
फागुन ६ गतेबाट सुरु गरीएको प्राण प्रतिष्ठा बिहीबार विविध कार्यक्रम गरी प्राण प्रतिष्ठा गरिएको हो ।
मन्दिरको प्राण प्रतिष्ठामा विराटनगरका विभिन्न ठाउँबाट भक्तजनले सहभागी जनाएका थिए । यस मन्दिरका राजविराज लगायत विभिन्न क्षेत्रबाट पैदल यात्रा गर्दै भक्तजनहरु आएका छन् । यो मन्दिर भ्रमणको लागि भारत र नेपालको विभिन्न ठाउँबाट आउने अपेक्षा श्याम मन्दिर समितिको छ ।
उक्त समारोहमा हजारौँ भक्तजन आएको श्री श्याम मन्दिर समितिका अध्यक्ष राकेश बन्सालले बताए । बन्सालका अनुसार यस मन्दिरको लागि २३ वर्ष अघि जमिन खरीद भएको थियो । विभिन्न भक्तजनको सहयोगमा मन्दिर निर्माण कार्य १८ वर्ष पछि सम्पन्न भएको हो । मन्दिरको कुल क्षेत्रफल ३ कठ्ठा १० धुर रहेको छ । यस मन्दिरमा २८ कोठा भएको सुविधा सम्पन्न धर्मशाला समेत निर्माण गरीएको छ ।
मन्दिरका अध्यक्ष राकेश बन्साल, उपाध्यक्ष उद्योगी विकास चौधरीसहित १२ जनाको टोली भारतको राजस्थानस्थित खाटुधाम पुगेर तीनवटा मूर्तिलाई विराटनगर ल्याएका थिए ।
मन्दिर व्यवस्थापन समितिले तीनवटै मूर्तिलाई मन्दिरमा बेग्लाबेग्लै स्थानमा प्राण प्रतिष्ठा गरेको छ ।