‘महाजात्रा’ले सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने

<span class='c1'>‘महाजात्रा’ले सात सहरमा</span> <span class='c2'>‘महाकमेडी यात्रा’ गर्ने</span>

काठमाडौँ । आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले दुई चरणमा गरी सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फिल्म निर्माण समूहका अनुसार यही फागुन २१ गतेदेखि दुई चरणमा ‘महाकमेडी यात्रा’ सुरु हुन लागेको हो ।

निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो चरणमा ‘महाकमेडी यात्रा’ फागुन २१ गते पोखराबाट सुरु भई फागुन २२ गते बुटवल र फागुन २५ गते धनगढीमा पुगेर समापन हुनेछ । दोस्रो चरण भने फागुन ३० गते बिर्तामोडबाट सुरू भई चैत १ गते इटहरी, चैत ३ गते हेटौडा र चैत ४ गते नारायणगढमा समापन हुनेछ । ‘हामीले फिल्म प्रदर्शनअघि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौं । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता खत्रीले भने ।

उनका अनुसार ‘महाकमेडी यात्रा’मा फिल्मबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत उक्त भ्रमणमा हुनेछन् ।

त्यस्तै भ्रमणमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।
निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । यसपटक फिल्मले पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई कथावस्तु बनाएको छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्