सच्चरित्र मन

<span class='c1'>सच्चरित्र</span> <span class='c2'>मन</span>

-अच्युत मणि पौडेल
रहेर हेर देशमा अदृश्य दृश्य मिल्दछ
प्रशान्त शान्त प्रान्तमा वियोग योग बन्दछ
अधीर धीर बन्दछन् बिछोड छोड भन्दछन्
कुकृत्य कृत्य छुट्दछन् सुकृत्य कृत्य जुट्दछन्

हराभरा भरा धरा विशाल साल काफल
सुषुप्त सुप्त हुन्न यो सुरम्य रम्य आँचल
सचित्र चित्र कोर्दछन् सराप राप मर्दछन्
अखण्ड खण्ड हुन्न है समस्त मस्त बस्दछन्

करोड रोड रोडमा अनेक एक मोडमा
समुच्च उच्च शानमा समान मान मानमा
नगन्य गन्य व्योममाझ शुन्यता यता नहोस्
सशस्त्र शस्त्रपूर्ण हुन् कुमार मारमा नहोस्

विचार चार तर्फको अनेक कल्प कल्पना
समुच्च उच्च स्थानमा सही छ सम्झ सम्झना
स्वदेश देश विश्वमा सुशील शील कर्ममा
सदैव दैव साथ छन् सुधर्म धर्म मर्ममा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्