खै,म कहाँ हराए?

<span class='c1'>खै,म कहाँ</span> <span class='c2'>हराए?</span>

-अस्मिता साह
खै म कहाँ हराए?
आफ्नो पाइलाको गन्तव्य नै बिराए
आफ्नो खुसी र उमङ्गलाइ गुमाए
सबैको बिचमा नि आफूलाई एक्लो पाए
खै, म कहाँ हराए?
मनमस्तिष्क बिच डोरी झैँ उल्झिए
मनभित्र सजाएको घरलाई भत्काए
सबैको सामु आफूलाई मौन बनाए
बिना कारण सबैसँग टाढिदै गए
खै, म कहाँ हराए?
मस्तिष्क भित्र अपार प्रश्न को घर बनाए
खोला झैँ आँखाबाट अश्रुको धार बगाए
आफ्नो वास्तविक अस्तित्वलाई गुमाउदै गए
जिन्दगानीको सुन्दर जीवनलाइ हराउँदै गए
खै, म कहाँ हराए?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्