हङकङमा हुने विश्वकप छनोटका लागि महिला राष्ट्रिय क्रिकेट टोली घोषणा

<span class='c1'>हङकङमा हुने विश्वकप छनोटका लागि</span> <span class='c2'>महिला राष्ट्रिय क्रिकेट टोली घोषणा</span>

काठमाडौँ, आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् राखेप ले सोमबार टोलीको घोषणा गरेको हो । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउनेछ ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको १८ सदस्यीय टोलीमा सीता राना मगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा, नीरा राजोपाध्याय, रोशनी बोहरा, सवनम राई, लक्ष्मी चौधरी, सङ्गीता राई र इन्दु बर्मा छन् ।

त्यस्तै, ज्योति पाण्डे, सरस्वती चौधरी, अनुराधा चौधरी, रश्मी शर्मा, निर्मला शाही, करुणा भण्डारी र सरिता मगर पनि टोलीमा अटाएका छन् । टोलीका मुख्य प्रशिक्षक राजु बस्नेत हुने बताइएको छ भने पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र विनोद दासले प्रशिक्षणमा सहयोग गर्नेछन् ।

यसअघि, पहिलो चरणमा ४८ जना खेलाडीलाई बन्द–सत्रमा राख्दै २४ मा झारिएको थियो । अब २४ बाट १८ मा झारिएको छ । केही समयपछि हुने अन्तिम घोषणामा १४ सदस्यीय टोली रहनेछ जसले प्रतियोगिता खेल्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्