काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक÷एक विकेट झारे । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए ।
त्यस्तै, करण केसीले २६ रन, रोहित पौडेल १६ रन, आरिफ शेखले २२ रन, आसिफ शेख १७ रनको यागदान दिए ।