विराटनगर विमानस्थलको पार्किङमा मनलाग्दी लक र चिट : कानुन विपरित भएको भन्दै उच्च अदालतमा रिट

<span class='c1'>विराटनगर विमानस्थलको पार्किङमा मनलाग्दी लक र चिट :</span> <span class='c2'>कानुन विपरित भएको भन्दै उच्च अदालतमा रिट</span>

विराटनगर । विराटनगर विमानस्थलमा सवारी पार्किङमा हुने गरेको मनलाग्दी जरिवाना र लकका विरुद्ध एघार सरकारी कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत विराटनगरमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर समेतलाई विपक्षी बनाउँदै दायर रिटमा लिखित जवाफ पेस गर्न आदेश जारी भएको हो ।

रिटमा गैर कानुनी रुपमा जरिवाना असुल्ने, चिट काट्ने, गाडीको कागजपत्र लिने र लक लगाउने जस्ता कार्य रोक्न माग गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय रानी, प्रहरी नायव महानिरीक्षक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगर, जिल्ला ट्राफिक प्रहरी प्रमुख, कोशी प्रदेश मुख्यमन्त्री कार्यालय र सचिवालय, यातायात हेर्ने कोशी प्रदेश मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर र विराटनगर विमानस्थलमा कार्यरत ट्राफिक प्रहरी मोहन खतिवडालाई विपक्षी बनाइएको छ ।

निषेधाज्ञा परामादेशको माग गर्दै दायर रिटको न्यायधीश केशव प्रसाद बास्तोलाको इजलासले फागुन १५ गते सुनुवाई गर्दै तत्काल अन्तरिम आदेश जारी नगरिएपनि कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी नायव महानिरीक्षक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगर र विराटनगर विमानस्थलमा कार्यरत ट्राफिक प्रहरी मोहन खतिवडालाई उच्च सरकारी वकिलको कार्यालयमार्फत र कोशी प्रदेश मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्रीको सचिवालय र यातायात हेर्ने कोशी प्रदेश मन्त्रालयलाई मुख्य न्यायधिवक्ताको कार्यालयमार्फत तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरलाई आधिकारिक प्रतिनिधिमार्फत १५ दिन भित्र लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्