ताप्लेजुङ । प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले ताप्लेजुङमा विरोध प्रर्दशन गरेको छ ।
सदरमुकामसहित पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपार्टीमा कोशी प्रदेश नामाकरणको विरोधमा प्रर्दशन गरेको हो ।
समितिका कार्यकर्ताले कालो झण्डा सहित विरोध प्रर्दशन गरेका हुन् । कोशी प्रदेश नामाकरण भएको फागुन १७ कालो दिन भन्दै कोशी प्रदेश नाम खारेज सहितका माग राख्दै उनिहरुले विरोध प्रर्दशन गरेका हुन् ।
यस्तै काफ्लेपार्टीमा भएको प्रर्दशनमा केबलकार खारेजको समेत माग राख्दै प्रर्दशन भएको थियो । केवलकार निर्माण गरेर धार्मिक क्षेत्रमा अतिक्रमण गर्न खोजिएको भन्दै केबलकार निर्माण हुन नहुने भन्दै विगतदेखि नै अडान लिदै आएका छन् । पाथीभरा क्षेत्रमा सशस्त्र प्रहरीबलको क्याम खडा गरेर केवलकार निर्माण गर्न लागिएको भन्दै यसका विरुद्धमा समेत प्रर्दशन गरिएको आन्दोलनरत पक्षले जनाएको छ।