विगतको शिक्षाले भविष्य सहज : विराटनगरमा आगलागी नियन्त्रण पूर्वतयारीमा डिप बोरिङ

<span class='c1'>विगतको शिक्षाले भविष्य सहज : विराटनगरमा</span> <span class='c2'>आगलागी नियन्त्रण पूर्वतयारीमा डिप बोरिङ</span>

विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागी भएर भएको जीउधनको क्षतिपछि महानगरपालिकाको नेतृत्वको तिव्र आलोचना भएको थियो । बजार भित्रै आगलागीका घटनामा नियन्त्रण लापर्वाही हुने गरेको आरोप खेप्दै आएको महानगरपालिका विगतबाट पाठ सिक्दै वर्तमानमा भविष्यका लागि सतर्क बनिरहेको छ ।

विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन पानीको स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो । यस अन्तर्गत विराटनगरस्थित सनसारीमाईस्थानमा डिप बोरिङ सञ्चालनमा ल्याएइको छ ।
बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङबाट दमकलमा पानी पठाउने कार्यको परीक्षण शुक्रबार गरिएको छ । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की समेतको उपस्थितिमा दुईवटा दमकलमा पानी भरेर यसको सफल परीक्षण गरिएको हो ।

जडान गरिएको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न २० मिनेट र ३ हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो । महानगरले बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ जडान गरेको हो ।
यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो । अब सो स्थानबाट पानी भर्ने व्यवस्था मिलाइएको छ । ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी भइरहेको छ ।

सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेको छ । आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप महानगरले दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरी डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको कोइरालाको दावी छ । पहिलो चरणमा सनसारीमाईस्थानमा जडान गरिएको छ । अन्य संभावित स्थानको पहिचान गर्ने बोरिङ गाड्ने योजना राखिएको छ ।

पानीको स्रोत व्यवस्थापन नहुँदा आगलागीपछि दमकल परिचालनमा समेत समस्या हुनसक्ने संभावना हुन्छ । एउटै स्थानमा धेरै दमकलले पानी भर्नु पर्ने अवस्थादेखि, घटनास्थल भन्दा दुरीका हिसाबले समेत प्रभाव पार्नसक्दछ । उपप्रमुख शिल्पा निराला कार्कीले आवश्यकता महसुश हुँदै गर्दा संरचनाहरु तयार पार्ने योजनाहरु अगाडी बढाइएको बताइन् ।समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुनसक्ने संभावना जीवित राख्नका लागि स्थानीय सरकारले पहल लिन जरुरी ठानेको हो ।

डिप बोरिङको क्षमता वृद्धि गरी छोटो समयमै दमकल भर्ने व्यवस्था मिलाइने वारुणयन्त्रको समेत जिम्मेवारी सम्हादै आएका महानगर प्रहरीका प्रमुख राजन पौडेलको भनाई छ । पुष्पलालचोकस्थित वारुणयन्त्रको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको पौडेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्