जन्म जिल्ला ताप्लेजुङमा डाक्टर रुइतको टोलिद्वारा १५४ जनाको मोतियाबिन्दु शल्याक्रिया

<span class='c1'>जन्म जिल्ला ताप्लेजुङमा डाक्टर रुइतको</span> <span class='c2'>टोलिद्वारा १५४ जनाको मोतियाबिन्दु शल्याक्रिया</span>

विराटनगर । विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले जन्म जिल्ला ताप्लेजुङमा १५४ जनाको मोतियाबिन्दु भएका आँखाको शल्याक्रिया गरेको छ ।

तीन दिनको आँखा शिविरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले एक हजार २८१ जनाको आँखा परीक्षण गर्दा १५४ जनाको मोतियाबिन्दुको शल्याक्रिया गरिएको हो ।

बिहीबार १ सय २ र शुक्रवार ५२ जनाको शल्यकृया गरेको आयोजक नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ । शिविरमा ७८१ महिला र ५४६ पुरुष गरी १ हजार ३ सय २७ जनाले नाम दर्ता गराएकामा ४६ जना भने सम्पर्क नआएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्