गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-विनोद विवश
अन्धकार हटाउँने तारा जूनको के बयान गरूँ!
धोका दिने सन्तति त्यो खूनको के बयान गरूँ!

कठ्याङ्ग्रिदो चिसो पुष माघको झरीमा लाउने,
बोक्रा काटेर लाउने त्यो उनको के बयान गरूँ!

आखिर धातु धातु नै हो लाउँदा गला सेरलान्
गरीबले लाउन नसक्ने सुनको के बयान गरूँ!

पिउन साथ ठ्याकलाग्ने दारु होइन प्रेम प्यारी
कृष्णको बाँसुरी सुरिलो धुनको के बयान गरूँ!

धेरै खानु भयो बोसो महोदय कोलस्टोर बढ्ला,
चुस्त पार्ने आयोडीन त्यो नुनको के बयान गरूँ!

इटहरी,सुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्