त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालसँग नेदरल्यान्ड्स ६ विकेटले पराजित

<span class='c1'>त्रिकोणात्मक टी-२० आई सिरिज :</span> <span class='c2'>नेपालसँग नेदरल्यान्ड्स ६ विकेटले पराजित</span>

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आजको खेलमा नेपाल नेदरल्यान्ड्समाथि ६ विकेटको विजयी भएको छ ।

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए ।

त्यस्तै, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले खराब सुरुवात गरेको थियो । पहिलो ओभरमै दुवै ओपनर गुमाएको उसले १९.३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको थियो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए ।

त्यस्तै, टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३÷२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई÷दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे । यस जितसँगै नेपालले चार खेलमा दुई चार अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।
आजको खेलमा जितेसँगै नेपालको फाइनलमा स्थान बनाउने सम्भावना बलियो भएको छ । यद्धपि उसले आइतबार हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्