काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।
आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि नेपाललले उपाधिका लागि नेदरल्यान्ड्ससँग भिड्ने पक्का भएको हो ।
टीयू क्रिकेट मैदानमा १५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन् ।
४ खेलपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्ष स्थानमा रह्यो । नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ अंकसहित तेस्रो स्थानमा सीमित बन्यो ।
फाइनल खेल मंगलबार हुनेछ ।