सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल लिग असोज १० बाट

<span class='c1'>सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल</span> <span class='c2'>लिग असोज १० बाट</span>

विराटनगर, ३१ भदौ
नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अशोक थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । एएमए इभेन्टको आयोजनामा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विवेक गौतमले सम्मेलनमा जानकारी दिए । उपत्यकाभित्रका १६ फुटसलको सहभागिता रहने प्रतियोगिता होम एण्ड अवेका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गर्रिको छ । समूह एमा आदर्श फुटसल, बानेश्वर रिक्रियसन सेन्टर, बिजी ब्रदर्स, चउर रिक्रियसन सेन्टर, ढुकु फुटसल हव, हरिसिद्धि फुटसल, हाइवे फुटसल र इम्पोरियल फुटसल रहेका छन् । त्यस्तै समूह वीमा किकअफ फुटसल, कीर्तिपुर फुटसल, कुमारी फुटसल, रजनी फुटसल, सामाखुसी फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र ह्वाइटहर्स फुटसलले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा १२ जना खेलाडी, एक कोच र एक म्यानेजर रहनेछन् । प्रत्येक टिमले १४ खेल खेल्ने छन् । जसमा ७ खेल आफ्नो मैदान र ७ खेल अवे मैदानमा खेल्ने छन् ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ पुरस्कार पाउने छन् भने उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छ । त्यस्तै उत्कृष्ट खेलाडी र गोलकिपरले ५० हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको उद्घाटन खेल चउर रिक्रियसन सेन्टर र रजनी फुटसलवीच हुनेछ । त्यसपछि हरेक दिन कम्तीमा दुई खेल सञ्चालन हुने प्रतियोगिता संयोजक गौतमले जानकारी दिए। दशैं र तिहारको बिचमा भने प्रतियोगिता स्थगित हुनेछ । दशैंमा घटस्थापनादेखि असोज ३० गतेसम्म र तिहारमा लक्ष्मी पूजादेखि छठसम्म प्रतियोगिता स्थगित हुने गौतमले पत्रकार सम्मेलनमा बताए ।
रेडबुल मुख्य प्रायोजक रहेको प्रतियोगितामा फग बडी स्प्रे सहप्रायोजक रहेको छ । त्यसैगरी मेडिकल सपोर्टमा इजि केयर प्रालि, फ्याब्रिक प्रायोजकमा इलान्टेड वेयर र एजुकेशनल सर्भिसमा वियोड बाउन्ड्रिज रहेको छ । पत्रकार सम्मेलनमा आर्थिक संयोजक सौरभ केसी, फुटबलका चर्चित खेलाडी उपेन्द्रमान सिंह, हरि खड्कालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्